बलात्कार किन ?
पृतांक राष्ट्रिय
असोज १२
समाजमा यौन पिपासुहरूको दबदबाले नारीको बाँच्ने अधिकारमाथि प्रहार भएको छ। लाजमर्दो र घिनलाग्दो अनि अत्यन्तै अमानवीय नरपिशाची प्रवृत्तिका कारण नवजात शिशुदेखि कलिलै उमेरका बालिकाहरु बलात्कृत हुन्छन्।
किन हुन्छन् त यस्ता व्यवहार ? कानुनले बलात्कारीलाई कति सजाय दिन्छ ? यो विषयमा गम्भीर प्रश्न उठ्छ। मनन गर्नुपर्ने विषय हो– कानुनले पहुँचवालालाई राम्ररी बाँध्न सकेन। तिनका कर्तुतसँग कानुनले खुट्टा कमाएर व्यवहार गर्छ। नरपिशाचलाई रिहा गराउने कूटनीतिहरू कति सजिलै बुनिन्छन्। आखिर न्यायको झोली बोकेर कहाँ जाने
गृह मन्त्रालयमा बसेर अधिकार हातमा लिएको प्रहरी प्रशासनले नै संवेदनालाई कुल्चिएर बेवास्ता गर्ने, लापरबाही गर्ने अनि यस्ता कर्तुतलाई कठघरामा उभ्याउनुको साटो लुकाउनमा पहल गर्छ । ८० वर्षका बूढासमेत यस्तो कुकृत्य गर्न पछि पर्दैनन्। दोषीले सजाय पाए पनि पीडितको जीवन रक्षा र भविष्य कहाँ गएर न्याय माग्न योग्य रहन्छ ? मनन गर्नुस् चिन्तन गर्नुस



प्रतिक्रिया