लक्ष्मीपुर पतारीमा नेपाली काङ्ग्रेसबाट चतुरान्नद ठाकुरको अध्यक्षपदमा उम्मेदवारी घोषणा

 

विसुनदेव सरदार/सिराहा/११ बैशाख।

 

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट गाउँपालिकाअध्यक्ष
पदमा चतुरान्नद ठाकुरले आज टिकट पाएको छ।

त्यसैगरी नेपाली काङ्ग्रेसबाटै लक्ष्मीपुर पतारी गाउँपालिकाको उपाध्यक्ष पदमा अमरकला देवी यादवले टिकट पाएकी छिन। अध्यक्ष , उपाध्यक्षमा टिकट पाएपछि जनताको हकहितमा काम गर्ने प्रतिवद्धता गर्दै उम्मेदवारी दिइएको बताएका छन ।

निर्वाचन आयोग नेपाल स्थानीय तह सदस्य निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय लक्ष्मीपुर पतारी गाउँपालिकाबाट टिकट पाई सकेको नेता चतुरान्नद ठाकुरले बताए ।

आगामी बैशाख ३० गते हुन लागिएको स्थानीय तह निर्वाचन अन्तर्गत टिकट पाई उम्मेदवारी
दर्ता गराउनु भएको छ।

लक्ष्मीपुर पतारी गाउँपालिकाका लोकप्रिय , प्रभावशाली नेता चतुरान्नद ठाकुरलाई जित्ने पहिला देखिनै चर्चा आई रहेको छ।
अहिले पालिकामा ६ वटा वडाहरु छन :- पिपरा , पोखरभिण्डा , महेशपुर , लक्ष्मीपुर , खरुक्याही , सितापुर पालिका भित्रका गाउँहरुमा नेता ठाकुर उम्मेदवारी दिइएको हो। वहाँको जितको अग्रिम शुभकामना दिइनेहरु सङ्ख्या बढ्दो छ।

प्रतिक्रिया