सिरहामा सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी
सुरेन्द्र दास ,लहान
सशस्त्र प्रहरी बल सिरहाले भारतसँग सीमा जोडिएका सिरहाका सबै नाकामा उच्च निगरानी बढाएको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै सिरहाका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बलले बताउनुभयो । सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको ।
‘मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी डिएसपी निलकमल आचार्याले भन्नुभयो, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रूपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।’ सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, ७ सीमा सुरक्षा पोस्ट (बिओपी ) र तीन वटा सीमा निगरानी पोस्ट (एफओवी) रहेका छन् ।सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने मुख्य योजना रहेको विशेष स्रोतबाट जनकारी प्राप्त भएको छ ।
साथै सशस्त्र प्रहरीले सिरहामा पोरसाल भन्दा यो साल राजस्वमा दोबर वृद्धि गरेको छ ।सशस्त्र प्रहरी जनाएको छ ।
सशस्त्र प्रहरीद्वारा अबैध बिस्फोटक पदार्थ बरामद
सशस्त्र प्रहरी बल गण नं.७ सिराहाले ठुलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले चर्ड पर्वलाई लक्षित गर्दै नेपाल भारत सिमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा बनाउने सशस्त्र प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।भारतबाट नेपाल ल्याउदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ सिरहाबाट खटिएको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल गण नं.७ सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक ( एसपी ) रमेश कुमार थापाको निर्देशनमा सिरहा नगरपालिका वडा नम्बर -६ वसविट्टाको कमला किनारबाट ठूलो मात्रामा विष्फोटक पदार्थ पटाका बरामद गरेको हो ।
धनुषा–सिरहाको सिमानामा पर्ने कमला नदी हुँदै सिरहाको वसविट्टासम्म पटाका लिएर पुगेकाले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल,गण नं.७ हे.क्वा.सिरहाले जनाएको छ । बरामद भएको पटाका करिब २ लाख मूल्य बराबरको रहेको र त्यसलाई समाजसेवि,नागरिकसमाज, नेपाल प्रहरीका प्रतिनिधि,पत्रकारको रोहबरमा सशस्त्र प्रहरीले खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
सशस्त्र प्रहरीले चाडपर्वको मुखमा विभिन्न घटनाबाट बच्न सबै सरोकारवाला निकायलाई सजग गराउँदै सर्तकता अपनाउन आग्रह गर्दै सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि महत्व दिएको सशस्त्र प्रहरी बल नेपाल,गण नं .७ हे.क्वा. सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक रमेश कुमार थापाले जानकारी दिए ।
चाडपर्वमा थप सिमानाकामा निगरानी बढाउदै तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण सशस्त्र प्रहरीको प्राथमिकतामा रहेको डिएसपी निलकम्ल अचार्यले बताए । त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याउने सशस्त्र प्रहरीले बताए
बिओपी बरियारपट्टि
सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाकास्थित श्री सशस्त्र प्रहरी बल नेपाल वियोपी बरियारपट्टीबाट १ महिनामा २ लाख बराबरर्को समानहरु पक्राउ गरि राजस्व कार्यालयमा बुजाएको छ । वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर साह ठकुरी आएदेखी लागुऔश ओसारपसार पक्राउ गर्न देखि सिमा नकामा पुर्न रूपमा कडाई गरिएको छ । तस्करहरु यो नका छोडेर भगाभाग भएको र
त्यसैगरी सिरहाका अधिकाँश बोर्डर नाकाहरु बरियारपट्टी, औरही, ठाडी, कुसन्डी, , माडरलगायतका नकाहरु कडाई गरिएको छ ।



प्रतिक्रिया