“धर्ती आमा”

पृतांक राष्ट्रिय दैनिक 

प्रेम साह ,लहान 

कविता !कविता !कविता !

“धर्ती आमा”
मलाई माटो मलाई माया
मलाई दिने शितल छाया
मलाई पालन मेरो अन्नदाता
मेरी धर्ती आमा हो!
मलाई खेलाउने मलाई हुर्काउने
लड्दै गर्दा उठ्न लगाउने
संघर्षको यात्रा गर्न सिकाउने
मेरी धर्ती आमा हो!!
रुदैन कहिले दिन्छ जहिले
अन्नको भण्डार अनेक प्रकार
खुशी खुशी खान लगाउने
मेरी धर्ती आमा हो!!!
पवित्र जल निश्चल थल
बाँस बस्न दिने अाँचल
आनन्दित मन झुपडीमै तन
मेरी धर्ती आमा हो!!!

प्रतिक्रिया