हेमा मालिनीकाे पछि ‘पागल’ भएर लागेका थिए बलिउडका यी चर्चित अभिनेता
मुम्बई sep- 26 सनिवार
बलिउड
। बलिउडकी ड्रिम गर्ल अर्थात् हेमा मालिनी सुन्दर अभिनेत्रीमध्येकी एक हुन् । उनको पालामा उनलाई चाहने धेरै थिए । उनलाई आफ्नो बनाउनेको त्यसबेला लस्कर नै लागेको थियो भन्दा पनि फरक नपर्ला।हेमाले बलिउडमा कैयौँ सुपरहिट फिल्म दिएकी छन् । उनी जति सुन्दर थिइन्, अभिनय पनि त्यतिकै बेजोड । उनको सुन्दरताको अगाडि बलिउडका कैयौ हिरो पागलझै बनेका थिए।बलिउडका तीन अभिनेतासमेत हेमाको दिवाना थिए । ती तीन नै अभिनेता हेमाको पछि लागेका थिए । तीनमध्ये एक अभिनेताले हेमाको चक्करमा पूरै जिन्दगी कुमार नै रहे । हेमाको पछि लागेका ती तीन अभिनेता जसको चर्चा यहाँ गरिएको छ।सञ्जीव कुमार :- ड्रिम गर्ल हेमालाई सञ्जीव कुमार निकै प्रेम गर्थे । हेमा पनि उनलाई चाहन्थिन् । तर, बीचैमा धमेन्द्र आए । पछि धमेन्द्रसँगै हेमाले लगनगाँठो कसिन्।जितेन्द्र :- अभिनेता जितेन्द्र पनि हेमाका लागि मरिहत्ते गर्थे। उनले हेमालाई विवाहको प्रस्तावसम्म राखेका थिए । त्यसबेला हेमा र धमेन्द्रको अफेयर चलेको थियो । जुन जितेन्द्रको नसिबमा भएन । जितेन्द्रसँग हेमा विवाहका लागि तयार पनि थिइन् । तर धमेन्द्रको एक फोनले उनले विवाहको फैसला बदलिदियो।राजकुमार :- राजकुमार पनि हेमाको सुन्दरतामा दिवाना थिए । उनी हेमासँग बिबाह गर्न चाँहन्थे । तर हेमाले उनको बिबाहको प्रस्ताव अस्विकार गरेकी थिइन्।



प्रतिक्रिया