तालमेलबारे माओवादी केन्द्र र जसपाबीच छलफल

स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति जुट्न नसकिरहेको बेला नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)बीच छुट्टै छलफल भएको छ ।सिंहदरबारस्थित माओवादी केन्द्रमा संसदीय दलको कार्यालयमा मा‌ओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच छलफल भएको हो।दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कैलाली, बाँकेसहितको जिल्लामा गठबन्धनभित्रकै दल एक्लाएक्लै प्रतिस्पर्धामा जाने घोषणासहितको विषयमा छलफल भएको बताए।‘गठबन्धनभित्रका दलहरूबीचको आपसी तालमेलको विषयमा कुरा मिल्न सकेको छैन, ’ मल्लले भने, ‘कैलाली बाँकेलगायतका जिल्लामा एक्लै लड्छौं भनिरहेकाले त्यसका बारेमा छलफल भएको हो।’मधेशका विभिन्न जिल्लाहरुमा जसपा र कांग्रेस, पहाडका जिल्ला तथा महानगरपालिकाहरुमा कांग्रेस र माओवादीबीच तालमेलको विषयमा सहमति जुट्न सकेको छैन। कान्तिपुर

प्रतिक्रिया