लोसपाको होली मिलन एवम पार्टी प्रबेश कार्यक्रम सम्पन्न
वीरगंज २ गते
लोकतान्त्रिक समाजवादी पार्टीको कोन्हियाटोलमा होलि मिलन एवम पार्टी प्रबेश कार्यक्रम सम्पन्न
लोसपा नेपालका वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका वडा समितिले अायोजना गरेको होली मिलन समारोह एवम पार्टी प्रबेश कार्यक्रमका प्रमुख अथिती लोसपाका नेता एवम प्रदेश सभासदस्य रमेश कुर्मीले अगामी निर्वाचनमा मधेशको हक अधिकार र बिकासको लागि लड्ने पार्टी आधिकारिक रुपमा लोसपा मात्र रहेकोले लोसपाको उम्मेदवारलाई जिताउन आजदेखि सम्पुर्ण जनतालाई लाग्नु पर्ने वताए । बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा वडादेखी गाउँपालिका, नगरपालिका र महानगरपालिका सम्म लोसपालाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई आजैदेखि लाग्न आग्रह समेत गरे ।
पछिलाे चुनावमा अलौको जनताले मलाई अधिक अधिक भन्दा बढि भोट दिएर बिजय गराउनुभएको थियो।त्यसैले यो टोलको लागि सडक र नाला बनाएपनि यहाको जनताकोलागि धर्मशाला र स्कुलको बिकास छिटोभन्दा छिटो गर्ने प्रतिबद्धता जनाउनुभयो। होली पर्व एक अापसमा भाईचाराको सद्भाभावको साथ सभ्य तरिकाले हिलो खेल्नुपर्ने अाग्रह गर्नुभयो।
उनले आफुहरुको पार्टी ब्यक्तिगत स्वार्थको लागि प्रयोग नहुने र चुनावमा बिगत भन्दा बडि सिट आफुहरुले जितने नेता कुर्मीले बताउनुभयो।
वीरगंज महानगरपालिका वडा नम्बर १७ मा छोटिलाल साह को नितृत्वमा वडा एकाई कमिटी गठन गरेको छ भन्ने विभिन्न पार्टी परित्याग गरि सयौ सङ्ख्यामा पाटी प्रवेश गरेका छन् ।
केन्द्रिय सद्स्य ज्वाला भगत मालिको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद रमेश प्रसाद कुर्मी , जिल्ला अध्यक्ष पुर्सोतम झा , नेता शशिकपुर मियाँ , महिला नेतृ रम्भा मिश्रा , नगर अध्यक्ष ओम प्रकाश सराफ, सुरेन्द्र कुर्मी , नन्दलाल यादव , पुरन पटेल, लगायत नेता कार्यक्रताको बाकलो सहभागीता रहेको थियो ।



प्रतिक्रिया