मारवाडी युवा मञ्च विराटनगरले आफ्नो साधारण सभा सम्पन्न

/ विराटनगर , मारवाडी युवा मञ्च विराटनगरले आफ्नो साधारण सभा सम्पन्न गरेको छ। आगामी कार्यकालको लागि जय शर्मा सर्वसम्मतीले निर्वाचित भएका छन्।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष गोपाल अग्रवाल को अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल राष्ट्रिय परिषद्का उपाध्यक्ष भिखम चन्द सरल , नेपाल राष्ट्रिय मारवाडी परिषद्का सह कोषाध्यक्ष फूल कुमार लालवनी, नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रिय सदस्य सुरेश कुमार शर्मा ,शंकर अग्रवाल ,नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका महासचिव सन्दिप लालवानी ,

मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष मोहन लाल शर्मा , मारवाडी महिला मञ्च विराटनगरकी अध्यक्ष अमिता पेडीवाल ,नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक उपाध्यक्ष नन्दकिशोर राठी, मारवाडी युवा मञ्च विराटनगरका वरिष्ठ सलाहकार शिवरतन जोशी ,मारवाडी युवा मञ्च विराटनगरका निवर्तमान अध्यक्ष शेर सिंह दुगड , एवम् घटक मञ्चहरुका अध्यक्षहरु लगायत मारवाड़ी युवा मंच को सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया