प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने

facebook sharing button
twitter sharing button
email sharing button
sms sharing button
sharethis sharing button

प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपपछि मात्रै सेयर धनीले पाउनेछन् । गत वर्ष बैंकले १० दशमलव ५३ प्रतिशत ९करसहित० नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया