एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजावी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन जुन सोमबारको तुलनामा एक सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

प्रतिक्रिया