यस पालिको छठ पूजा सफा र स्वच्छ पोखरीमा: धीरेन्द्र साह, सरसफाई अभियंता
सिरहा
हामी महान पर्ब बड़ा दशैं धेरै धूम – धामको साथ मनाई रहेकाछौ । दशहराको पहिलो दिन नदी, पोखरी एबम कुँआ बाट पबित्र जल , बालुआ र माटो ल्याएर दुर्गा माताको आराधना बैदिक मंत्रो- चारण र जमरा पूजा गरेर स्थापना गर्दै आई राखेकाछौँ । माताको आशीषले रमाइलो ढंगले नै दशहरा पनि सम्पन्न हुने हो । दुर्गा माताको विसर्जन पूजा गरेर उहाँको मूर्ति र दस दिन सम्म पूजा आजा गरेका फूल पात लगायत पूजन सामग्रीहरु पनि पोखरामा प्रबाह गरि दूर्गा माँ संग क्षमा याचना मांगेर फेरी आउने बर्षमा सुख ,समृद्धि र शांति लिएर आउनको लागि हामी माता संग आग्रह गर्छु ।
त्यस पछिद बीस दिनमा हाम्रो घरमा धनको रानी लक्ष्मी माताको पनि आगमन दीपावालीको दिन हुने बालाछ । त्यों दिन पनि हामी लक्ष्मीमाता को पूजा – आजा पोखरा बाट पवित्र जल ल्याएर नै गर्दै आएकोछौ । भोली पल्ट बिसर्जन पूजा गरेर बिगत सालको लक्ष्मी गणेशको प्रतिमा लाई जल संचयको श्रोत मा नि बिसर्जन गरेर फेरी पूजा सामग्री र क़ेलाको बोट लाई पानीमा प्रबाह गरेर अर्को साल धन ,जन- बल संग आउनका लागि लक्ष्मी महरानी संग आग्रह गर्छौ ।
त्यस पछि भाई टिका संग सँगै आस्थाको महान चाड छठी मैयाको आगमन तिन दिन पछि हाम्रो घरमा बिभिन्न बैदिक परंपराको अनुसार नहाईं खाई , नयोज कढाई ,खरना , परना गर्दा चार दिने कठोर पर्ब हाम्रो घरका बूढ़ा पाखाले गरेर हाम्रो परिबार जन सहित गाउँ र राष्ट्रको समृद्धिका लागि अत्यन्तै निष्ठां र पवित्रता को साथ गर्दै आएको छौ ।
छठ पूजाको सुरुआत पनि नदी, पोखरीको पबित्र जल धार्मिक अनुष्ठान गरी घर ल्याएर नि शुरू हुन्छ तर तयति बेला सम्म नदी पोखरीको पानी हाम्रो व्यवहार ले अशुद्ध भएको हुन्छ । अहिले सोंचनु भएको छ ।
हामी आस्थाको कारण दशहरा देखि दीपावली सम्मको माटो,पुआल र कैमिकल युक्त रंगको मनमोहक मूर्ति एबं पूजा सामग्री बिसर्जन पोखरीमा गरेको हुंन्छु ।
अवशेष पूजा सामग्री आफुमा एउटा फोहर भएको कारण फोहर बिसर्जन भएकबि बाईस दिन यानि दशमी देखि टिका को अबधि भएको कारण सम्पूर्ण बिसर्जित पदार्थ सडेर् र गलेर शुद्ध पवित्र जल लाई अशुद्ध बनाई स्केको हुन्छ साथै बर्ष भरि टॉयलेट गरेर आएर पणछोआ (टॉयलेट सफा ) गरेको , जुठो भाड़ा मस्केर ,फोहर लुगा फाटा लाई केमिकल युक्त सर्फ र साबुन संग धोएर खास गरी नानी हरुको फोहर र टॉयलेट गरेको कपड़ा लाई संग सँगै मबेशि हरु लाई नूहाएर गरेको फोहर पानी जसलाई छुन पनि घिन लाग्ने त्यस्तो भएको स्थिति हामी उत्पन्न गरेको।
पोखरामा पूजा कति राम्रो र कति सार्थक मलाई सोच्नको लागी बाध्य गर्देछ । स्वास्थ्यको दृष्टिकोण ले दूषित जलमा केहि समय उभनु र नुहानू पनि हानिकारक नि हो तर हामी छठ पुजाको दिन बाध्यता बस पोखरीको फोहर पानीमा नुहाउने र उभने कार्य गर्छु ।
छठ पूजाको दुइ दिन पूर्ब पोखरी लाई सफा गर्ने ,साल भरी खुल्ला ठाउँमा दिशा गर्न का लागि सेफ जोन मानिने पोखरीको डिल लाई सफा गरेर त्यही पोखरी जसको फोहर पानी र पानी को सतह तलमा मानव जन्य दिशा नै दिशा भएको ठाउ लाई झिलमिले बत्ती र टेंट लगाएर आफनो बाहुबल र आर्थिक सम्पन्नता प्रदर्शित गर्दे छठी मैया लाई ढलदै सूर्य र बिहानको उग्दै सूर्य लाई अर्ग दिएर आराधना गर्छौं र छठी मैया हाम्रो रक्षा र समृद्धि पनि गर्नु हुनछ जस्तो आस्था राख्न मूर्खता मात्र हो ।
मलाई के लाग्छ यदि हामी अहिले देखि नै पोखरा लाई सफा र स्वच्छ बनाउन प्रयास गर्यो भने पवित्रता र र्निष्ठाकी प्रेमी छठी मैया हाम्रो पूजा स्थल स्वच्छ र पवित्र हेरेर आशीष दिने बेला बिगत बर्ष भन्दा यस पाली हामी लाई अलि बढ़ी नै माया गर्नु हुन्छ .. त्यही कारण फोहर लाई वर्गीकरण गरेर व्यवस्थापन गरेर जैबिक मल बनाउन प्रयास गरौ । स्थानीय टोल बासीमा जन जागरण गरेर नदी खोला र पोखरीको जल लाई पवित्र राख्न आज देखि नि सरसफाई अभियान शरू गरेर पुनीत कार्यको अभिन्न अंग हुन प्रयास गरौ ।
जल सम्पदा मात्र धार्मिक दृष्टि कोण ले आवश्यक होइन जल श्रोत को संरक्षण जीबन चक्र लाई संतुलित बनाउन पनि तयति नि आवश्यक हो.. छठ पूजा समापन भए नदी, पोखरीको पुन सरसफाई गरी फोहर लाई व्यवस्थापन गरेर सभ्य नागरिकको परिचय दिन प्रयास गरौ…
छठी मैयाको आगमन सफा,स्वच्छ र पवित्र जल भएको पोखरी , तलाव र नदीमा यस पाली गराउन आ आफ्नो व्यवहारमा आज देखि नै परिवर्तन गरौ …..
छठी मैयाको आगमन आस्था, निष्ठा र पबित्रताले गराउने संकल्पित व्यक्तिहरु दशै देखि तिहार सम्मको पूजा सामग्री र माटोको मूर्ति बिसर्जन जल संचयको श्रोतमा नगरौ ……
अबशेष पूजा सामग्री आफैमा एउटा फोहर हो….



प्रतिक्रिया