सीमा अपराध रोक्न महानिरीक्षक थापा क्षेत्रीको कडा निर्देशन

पृतांक राष्ट्रिय दैनिक 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताएका छन् ।

 

प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्दै महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखि मिठो बोली बचन, ईमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायि हुँदै जिम्मेवारी वहन गर्न सीमा प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।

 

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै महानिरीक्षक थापा क्षेत्रीले प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया