काठमाडौं। सरकार पक्षीय गठबन्धनले तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको हो।
उनीहरूलाई आजै हटाइने गठबन्धनका एक नेताले जानकारी बताए। मन्त्रिपरिषदको आज बस्ने बैठकले औपचारिक निर्णय गर्ने ति नेताको भनाई छ। मन्त्रिपरिषद बैठक ३ बजेका लागि बोलाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिइन्। गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीहरूको सत्ता बचाउन र प्रदेश २ सरकारलाई अप्ठ्यारो पार्न माओवादी केन्द्र निकटका मुख्यमन्त्रीहरू हटाएर आफू निकटका व्यक्तिहरू नियुक्त गरेका थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच तीन वटा प्रदेशका प्रमुख हटाउने सहमति भएको छ। प्रदेश २ का डा राजेश झा ‘अहिराज’, गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई हटाउने तयारी गरिएको हो।



प्रतिक्रिया