तस्कर मिलाउने भूपू सई भिट्टामाेडबाट व्यापक तस्करी
महाेत्तरी । सशस्त्र प्रहरी बलले केही दिनमा नै निरीक्षक देखि डिआइजी सम्मको सरूवा तयारी गरिरहेकाे छ। यस अर्थमा पनि अहिले महाेत्तरीकाे बिओ पी भिट्टामाेडका निरीक्षक बिर्ख शाही मात्रै हाेइन गणका एसपी सुरेश सापकोटा पनि तस्करी चलाएर रकम असुल्न सक्रिय भएका छन् । तस्करी मिलाउने र तस्करसंग रकम उठाउने काम नेपाल प्रहरीका भूपू सई मनाेज मिश्रले गरिरहेका छन् । उनले व्यापारीसंग सशस्त्रका एसपी रनिरीक्षक शाहीकाे नाममा रकम उठाउने गरेको भिडियो समेत हामीलाई प्राप्त भएको छ। डिआइजी सिपी गाैतमसंग पनि आफ्नाे नजिकैको सम्बन्ध रहेको भन्दै मिश्रले तस्करीको लाइन मिलाउने र रकमको लेनदेन गरेको भेटिएको छ। अहिले भिट्टामाेडबाट तस्करीको लाइन पाउनेहरूमा कपडाको काम गर्नेहरू शम्भु , बिपिन , मिठु , वन्ठा , बिनाेद , राजकलवाल , रघुवा , शंकर साह , दिनेश साह , बाैवाअाली छन् भने खसीको तस्करीको लाइन पाउनेमा सयमुन , बिरेन्द्र , मुन्नी , जाकिर , सुरमानी र सतिश झा रहेका छन् । यो नाकाबाट ठूलो तस्करीको लाइन चलेको छ। तस्बिरमा भएका भिट्टामाेड बिओपीका निरीक्षक बिर्ख शाही , सेटिङ मिलाउने भूपू सई मनाेज मिश्र हुन । एसपी सापकोटाले अहिले तस्करीको लाइन खुलेयाम चलाएका छन् । जनप्रहार बाट



प्रतिक्रिया