प्याजको मूल्य नेपालगंजमा अहिले ७ सय रुपैया प्रति नम्बर पुगेको छ

नेपालगंज : एक हप्ता अगाडी मात्रै २ सय रुपैया प्रति नम्बर आसपासमा पाइने प्याजको मूल्य नेपालगंजमा अहिले ७ सय रुपैया प्रति नम्बर पुगेको छ । प्याज मात्रै होइन भान्साका सबै जसो तरकारीको मुल्यमा एक्कासि उकालो लागेको छ ।नेपालगंज रानितालाउ छेउमा रहेको शब्जी मन्डिमा तरकारी खरिदा गर्न पुगेका खजुरा वडा नम्बर ४ का  सर्बजित बिक प्याज लगायत अन्य तरकारीको मूल्य सुनेर अत्तालिएका थिए ,  केहि दिन अगाडी सम्म २ सयको हाराहारीमा ५ किलो सम्म पाइने प्याज करिब ८ सय रुपैया पुगेको बताए ।भारतले प्याज निर्यातमा रोक लागाय संगै नेपालमा प्याजमा कालो बजारी सुरु भएको छ , बाँकेमा मात्रै नभएर देश भर नै व्यापारीहरुले प्याज लुकाएर राखेको सर्वासाधार्नको भनाइ छ । बाँके लगायत देशको विभिन्न स्थानमा प्याज कालोबजारी गर्ने र बढी मुल्यमा बिक्रि गर्ने केहि व्यापारीहरुलाई अनुगमनका क्रममा कारवाही गरे पनि प्याज लगायत तरकारीको मुल्यमा कमि भने आउन सकेको छैन ।प्याज नै छैन भनेर बसेका छन् ब्यापारी भने बढी मुल्यमा प्याजको कालोबजारी भैरहेको छ ।त्यस्तै बाँकेमा अहिले ब्यापारीले टमाटर खुद्रामा प्रतिकिलो १२०–१४० रुपैँयामा विक्री गर्दै आएका छन् तर हप्ता दिन अघिसम्म ७० देखि ८० रुपैया प्रति केजी टमाटर घर सम्मै खुद्रा व्यापारीहरु डुलाउने गर्थे ।बाँकेमा प्याज लगायत तरकारीको मुल्यमा बृद्दी भए पनि सम्बन्धित निकायले अनुगमन नगरेको र मूल्य नियन्त्रण गर्न नसकेको आरोप स्थानीयको छ । नेपालगंज वडा नम्बर ११ का भुयार राठ तरकारीको मूल्य बढे संगै दैनिक भान्सामा खर्च बढी हुनाले आफुलाई मार परेको बताउछन।

प्रतिक्रिया