ओलीसँग वार्ता हैन, प्रचण्डसँग छलफलमा जुटे माधव नेपाल !

पृतांक राष्ट्रिय दैनिक 

जेठ २४ काठमाण्डौँ ।

ओलीले ६ बुदे विज्ञप्ति जारी गरेर पार्टी एकताको आव्हान गरेपछि त्यसलाई भ्रम जालको संज्ञाका रुपमा बुझेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल प्रचण्डसँग छलफलमा जुटेका छन् । कोटेश्वर स्थित एक व्यवशायीको घरमा दुई नेताबीच आज छलफल भएको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीले माधव पक्षको माग बमोजिम २०७५ जेठ ३ मा फर्किन तयार रहेको प्रतिवद्धता सहित एकताको अपिल गरेपछि भएको यो छलफललाई महत्वका साथ हेरिएको छ ।

यता वरिष्ठ नेताद्वय माधवकुमार नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो। त्यस अनुसार ओलीले जेठ २ भन्दा पनि जेठ तीनलाई आधार मानेर पार्टी एकता कायम गर्ने बताएका थिए ।

छलफलमा प्रचण्डले ओलीको प्रस्ताव के हो ? र तपाईहरु के गर्नु हुन्छ ? भन्ने जिज्ञासा राखेको बताईएको छ । खास गरी सर्वोच्चमा बहस भईरहेको मुद्धामा देउवालाई प्रधानमन्त्री बनाउन भन्दै एमालेका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता हुने भनी ओलीले उल्लेख गरेको र माधव नेपालले हस्ताक्षर फिर्ता लिने हो वा नलिने हो भन्ने बिषयमा प्रचण्डले जिज्ञासा राखेको र माधव नेपालले हस्ताक्षर फिर्ता नहुने बताएको स्रोतको दाबी छ ।
माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। मिरमिरे अन्लाईन

प्रतिक्रिया