सीमा नाकामा अब सशस्त्र प्रहरीले कडाई गर्ने
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं । अब सीमा नाकामा सशस्त्र प्रहरीले कडाई गर्ने भएकाे छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाई गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएसँगै सीमा नाकामा कडाई हुने भएकाे हाे ।
सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट महानिरीक्षक खनालले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
उनले भने, ‘महामारीको मौकामा हुने चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले कार्य गर्न गर्नुस् ।’ आफ्ना युनिटको अवस्था बुझ्न र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनको लागी कडाईका साथ प्रस्तुत हुन खनालले निर्देशन दिएका हुन् ।
खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन र कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका अपनाउन बाहिनीपतिहरुलाई भनेका छन् । बाहिनीपतिहरुले कोरोना संक्रमण नियन्त्रणको लागी भएका प्रयासका बारे आफ्नो–आफ्नो योजना प्रस्तुत गरेका थिए । नगरिक खवर बाट



प्रतिक्रिया