बैठकमा नगएका अध्यक्ष ओलीले पत्र पठाउँदै भने, ‘खेलको नियम परिवर्तन नगरेको राम्रो’
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आइतबार (आज) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली उपस्थित नहुनुभएको हो ।
बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले पठाउनुभएको पत्र पढेर सुनाउनुभएको थियो । ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै पत्र पठाउनुभएको हो ।
उक्त पत्रमा ओलीले कार्यकारी अध्यक्ष दाहालल गते कात्तिक २८ गते बैठकमा पेश गर्नुभएको राजीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने उल्लेख गर्नुभएको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘आजको बैठकमा अर्का अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनुभएन । उहाँको अनुपस्थितिको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र पठाउनु भएको छ ।’
प्रवक्ता श्रेष्ठका अनुसार ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा राख्दै बैठकमा उपस्थित नभएको उल्लेख गर्नुभएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आजको बैठकले स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने र केन्द्रीय समितिको बैठक पुस ५ गतेसम्म सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले दिनुभएको छ ।



प्रतिक्रिया