सात लाख नक्कली नोट सहित तीन जना पक्राउ ।
पृतांक राष्ट्रिय दैनिक संवाददाता
सिरहा, २७ कात्तिक । सिरहाको गोलबजार नगरपालिका -६ लामाटोलबाट करिव ७ लाख नक्कली नोट सहित शास्त्र प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारको संयुक्त टोलिले हजार दरको नोट भएको ६ लाख ८४ हजार नक्कली नोट सहित गोलबजार नगरपालिका – १२ वेतौनाका – २५ बषिय धिरज राय , २० वर्षिय सञ्जय राय र कल्याणपुर नगरपालिका – ७ का २४ वर्षिय विमलेन्द्र नायकलाई नियन्त्रणमा लिएको हो ।
असोज २१ गतेबाट उनीहरु तिनैजना गोलबजार नगरपालिका – ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए । विशेष सुचनाको आधारमा त्यहाँ पुगेका प्रहरीले वडा अध्यक्ष बसन्त लामाको उपस्थितीमा खान तलासी गरेको जनाएको छ ।
उनीहरुसँग अझै दुईजना रहेको
सशस्त्र प्रहरी बल ७ नम्बर गण हे.क्वा सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरिले जानकारी दिए । ती दुई जना भने भाग्न सफल भएको बताइएको छ ।
प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।

प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राई र
सशस्त्र प्रहरी बल बेसक्याम्प गोलबजार का ईन्स्पेकटर रोशन थापाको
संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान भैईरहेको सशस्त्र प्रहरी बल ७ नम्बर गण हे.क्वा सिरहाका सूचना अधिकारी डिएसपी निलकमल आचार्यले जानकारी दिएकोछ ।



प्रतिक्रिया