समुदायीक सेवा केन्द्रका अध्यक्ष खेतानले ब्यापारीहरुलाई साख र धाक देखाउदै

  • पृतांक राष्ट्रिय दैनिक – संवाददाता 
    वीरगंज असोज २९ बिहीबार ।
  • जनताको समाजिक कार्याको लागि गठन गरेको समुदायीक सेवा केन्द्रलाई साख र एवम धाक जमाउनका निम्ति ग्रिन सीटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले प्रयोग गरिरहेको भनी सर्वत्र चर्चाको बिषय बनेको छ ।।

वीरगंज महानगरपालिका वडा नम्बर १० अादर्शनगरमा सामुदायिक प्रहरी साझेदारी अन्तरगत गठित ग्रिन सिटी समुदायिक सेवाको केन्द्रीय अध्यक्ष खेतान र सदस्य मुर्ली जलानले बजारमा अाफ्नो साख एवम धाक जमाउने कार्यमा समुदायीक केन्द्रलाई प्रयोग गरिरहेको अादर्शनगर बासिले अारोप लगाएका छन् ।

खेतानले अाफ्नो अगरबती उधोग र जलानले अाफ्नो धागो ऊधोगवाट गरिने राजशव चुहावट बापत हुने कारवाहीबाट जोगिन विगत ५ बर्ष देखि ग्रिन सिटी सामुदायिक केन्द्रको साधारणसभा समेत नगरी विभिन्न कार्यक्रमहरुका लागि ऊठाएको चन्दा तथा प्राप्त गरेको सहयोग रकमको समेत दुरुपयोग गरिरहेको सामुदायिक केन्द्रका एक सदस्यले अाफ्नो नाम उल्लेख नगर्ने सर्तमा यो अनलाईन लाई बताएका छन् ।

ती सदस्यका अनुसार अादर्शनगरमा सामुदायिक केन्द्रको अाडमा खेतान र जलानले अातंक नै मच्चाएको छन् ।

खेतानको दादागिरी पाराकै कारण २ दिन अघि ट्रान्सपोर्ट एसोसिएसन पर्साका पदाधिकारीहरुले वीरगंज महानगरपालिका कार्यालय प्राङ्गण मै कुटपिट गर्ने तम्िसएका थिए ।

मेयर सरावगी लगायतका व्यक्तित्वहरुले गर्दा कुटिनबाट जोगिएका खेतानले अादर्शनगर स्थित रहेको थोक तथा खुद्रा विक्रिताहरुलाई मालसामान ल्याउने र पेठाउन ठेला / रिक्सा प्रयोगमा प्रतिबन्ध लगाउन खोज्ने र वीरगंज महाानगरापालिका वा समबन्ध निकायले कुनै विकल्पक अव्यवस्थामा ट्रान्सपोर्टहरुलाई मालसामान लोडिङ / अनलोडिङमा प्रतिबन्ध लगाउन खोज्ने गतिविधिले व्यासायीहरु खेतान प्रति अाक्रोसित छन्।

सामुदायिक केन्द्रको पदाधिकारी एवम सदस्य रहेकै कारण विभिन्न किसिमको कार्याक्रंमका क्रममा स्थानीय प्रहरी प्रशासनका ठुला बडा हाकिमहरु संग फोटोसेसन गराएर प्रचार वाजिमा माहिर खेतान र जलानको गतिविधि टाऊको भन्दा माथि भएको व्यवसायिहरुले बताउछन्।

समाजमा चेतना फैलाउने सरसफाइ रक्तदान जस्ता कार्यर्यक्रमको अाडमा समेत अादर्शनगर वासिले दुख दिईरहेको स्थानियहरुले बताउ छन्।

एक व्यासायिकका अनुसार खेतान र जलानले भने जस्तो कुरा नमाने प्रहरी प्रशासनमा भएको पहुचको नाजायज फाईदा उठाउदै छापामारि गराउदै कार्यमा समेत यी दुई जना सक्रिय रहेको ग्रिन सिटि सामुदायिक केन्द्कै एकजना सदस्यले बताएका छन् ।साभार राष्ट्रिय साहारा दैनिक।

प्रतिक्रिया