सुनसरीमा १७५ जना नेकपामा प्रवेश,नेता भिम आर्चायले गरे स्वागत

  • पृतांक राष्ट्रिय दैनिक 

सुनसरी,१० असोज।

नेपाली कांग्रेस परित्याग गरी समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जना नेकपामा प्रवेश गरेका छन । सुनसरी जिल्लाको भोक्राह नरसिंह गाँउपालिका कालीथान टोलमा आज नेपाली कांग्रेस परित्यागगरी समाजसेवी बस्नेत मण्डलको नेतृत्वमा १७५ जनाको संख्यामा नेकपा पार्टीमा प्रवेश गरेका हुन । उनीहरु लाई नेकपाका स्थायी कमिटी सदस्य प्रदेश १ का ईन्चार्ज तथा पूर्व मन्त्री भीम आचार्यले नेकपामा प्रवेश गराएका हुन ।

cpn-postcongress

सो कार्यक्रममा नेता आचार्यले मुलुकलाई समृद्धिको दिशामा लैजान नेकपा बाहेक अरुले नसक्ने भन्दै नेकपाले निर्वाचनको बेलामा गरेका प्रतिवद्धता हरु पुरा गर्नै पर्नै बताए । सरकारले सोचे जस्तो काम गर्न नसकेकोमा पार्टीले खबरदारी गरेको बताउदै उनले पार्टीको मातहतमा सरकार सञ्चालन गर्ने सहमति पार्टी भित्र भइसकेको पनि बताए । नेता आर्चायले आगमी दिनमा नेकपाको सरकारको प्रवकारितामा वृद्धि हुने र नव कमरेड हरुको क्षमता अनुसारको पार्टीले जिम्मेवारी दिने बताएको नेकपाका युवा नेता रामप्रसाद रिजालले जानकारी दिए ।

पूर्व मन्त्री आचार्यले ज्यानको माया नगरी कोरोना पिडित र वाढीपिडित हरुको लागि राहत र पूनर्स्थापनाको लागि खटिरहेको भन्दै १ नम्वर प्रदेश भरि नेता आचार्यको प्रशंशा चुलिएको प्रदेश बासीहरूको भनाई रहेको नेता रिजालले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रदेश १ कमिटी सदस्यहरु पोष्ट नेपाल, किरण कार्की, प्रदेश सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष पप्पु मण्डल लगायत नेताहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया